गाईजात्रा मनाइयो

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
20200805_082120

पोखरा, २० साउन । विभिन्न कार्यक्रमको आयोजना गरी पोखरामा परम्परागत गाईजात्रा निकालियो । कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै भीडभाड नगरी सिमित क्षेत्रमा यात्रा गरी गाईजात्रा मनाइएको छ ।

यस अघिका वर्षहरुमा जात्रामा रामायण निकाल्ने र तायमचा नृत्य समेत हुने गर्दथ्यो । यस वर्ष उक्त कार्यक्रम स्थगीत गरिएका हुन् ।

पोखरा बगालेटोलमा टोलका सात घरबाट निकालिएको गाईजात्रा टोलकै गणेश मन्दिर पुगेर घर फर्काईएको थियो ।

यस दिन एक वर्ष भित्र निधन भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी आ–आफ्नो क्षेत्रमा घुमाउने गरिन्छ । साथै दूध, फलफूल, रोटी, चिउरा, दही आदिका साथै अन्न तथा द्रव्यदान गर्ने चलन छ । यसरी जात्रा सहित परिक्रमा गर्नाले मृतकलाई शान्ति प्राप्त भई मुक्त हुने धार्मिक विश्वास छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width