सुनसान पुतलीबजार ।
स्याङ्जा । पुतलीबजार नगरपालिका मंगलबारदेखि पूर्ण बन्द गरिने भएको छ । कोरोना भाइरस संक्रमण बढेसँगै नगरपालिका बन्द हुने भएको हो ।
कोभिड क्राईसिस म्याजेजमेन्ट सेन्टरकोे बैठकले मंगलबारदेखि १० दिनका लागि पुतलीबजार शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए ।
नगरभित्र कोरोना संक्रमण फैलन नदिने उदेश्यले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरिएको छ । प्रजिअ क्षेत्रीका अनुसार ‘सार्वजनिक तथा निजी सवारी साधन सबै बन्द गरिने, अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु बन्द गरिने, बैंक तथा वित्तिय संस्थाले नियन्त्रित भई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सेवा प्रवाह गर्नु पर्ने, अत्यावश्यक बाहेकका पसल तथा अन्य ब्यवसाय, उद्योग बन्द गराउन व्यवसायीका छाता संगठनलाई जानकारी गराएका छौं ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत २१ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसंगै संक्रमण समुदायमा फैलन नदिन नगरपालिका शिल गरिएको हो । पुतलीबजारमा हालसम्म २८ जना कोरोना संक्रमित पुष्टि भएका छन भने ५ जना निको भएर घर फर्केका नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१