गण्डकीले ६२ कलाकारलाई राहत वितरण

आदर्श समाज सम्वाददाता
असार ३१, २०७७
tamu kalakar rahat 1

पोखरा, ३१ असार । क्रियाशील तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिले ६२ जना तमु कलाकारहरुलाई राहत वितरण गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा मंगलवार तमु कलाकार संघ प्रदेश समितिले कार्यक्रम आयोजना गरी कोभिड १९ कोरोना भाइरस र लामो लकडाउनबाट प्रभावित तमु कलाकारहरुलाई पहिलो चरणको राहत वितरण गरेको हो।

कोभिड १९ बाट समस्यामा परेका ३६ जना कलाकारहरुलाई चामल, दाल, तेल, नुन, सोयबिन, चिउरा लगायतको प्याकेज र पोखरामा घरभाडा तिर्नुपर्ने २६ जना संघका कलाकारहरुलाई घरभाडा स्वरुप नगद सहयोग वितरण गरिएको वताइएको छ ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ तमु कलाकार संघका केन्द्रीय महासचिव गणेश गुरुङ, संघका गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले राहत वितरण गरिएको हो । समितिको अभियानमा स्वदेश एवम विदेशमा क्रियाशील २१ संघ संस्था एवम सहयोगदाताहरुबाट सहयोग प्राप्त भई पहिलो चरणको राहत वितरण शुरु गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा रोयल सहकारीको २३औं स्थापना दिवस

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आज २३औं स्थापना दिवस मनाउँदैछ । सहकारी स्थापना दिवसको अवसरमा सहकारीले…
  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…

hero news full width