नवलपरासी, ३० असार । राष्ट्रिय जनमुक्ति पार्टी पनि एमसीसी सम्झौताको विपक्षमा देखिएको छ । आज देशभर प्रदर्शन गर्ने क्रममा नवलपुरको कावासोतीमा पनि प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरले मंगलबार कावासोतीको फलफुल चोकमा विरोध सभा गरेको हो ।विरोध सभामा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य नरबहादुर ठाडा, संघीय महासभा सदस्य केयर सिंह, जिल्ला संगठन सचिव शत्रुघन थापा लगायतले बोलेका थिए ।
जनुमक्ति पार्टीले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास हुन नहुने, कोरोना नियन्त्रणको नाममा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्रचारको अख्तियार दुरुपयोग अनुसन्धानबाट छानविन हुनु पर्ने र कोभिड १९ नियन्त्रणका लागि सरकार एक्लैको प्रयासले नपुग्ने भएकाले सर्वपक्षीय संयन्त्र बनाएर काम गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
जिल्ला सचिव ओम थापाको सञ्चालनमा भएको कार्यक्रम जिल्ला अध्यक्ष तिलबहादुर झेडीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले डलरको लोभमा एमसीसी सम्झौतालाई अनुमोदन गरिए नेपाल सधैं भरी अमेरिकाको दास हुनु पर्ने बताएका थिए ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१