शिवको सीमा चिन्ता

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
shiva pallas

‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो
सिमानामा देशको झण्डा गाड्ने बेला भयो’

कवि तथा गीतकार शिव पलाँसको देशप्रेमको भाव बोकेको गीत सार्वजनिक भएको छ ।

केही वर्षदेखि अमेरिका बस्दै आएका पलाँसको सो गीतमा रमेश कडरिया र अनिता घिमिरेको स्वर सुन्न सकिन्छ । संगीत रमेश आफैले भरेका छन् । भुवन लामा निर्देशित सो भिडियोमा संगीत संयोजन नरेन्द्र बियोगीको छ ।
सो ‘आफ्नो जमिन’ म्यूजिक भिडियो कडरिया इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको हो ।

गीतमा नेपालको सीमा अतिक्रमण विषय प्रमुखताका साथ उठाइएको छ । छिमेकीले सदियौँदेखि सीमामा गरेको थिचोमिचो अहिले झन् बल्झिरहेकोमा सीमा विवादबीचको पीडा गीतमार्फत पस्किएको गीतकार पलाँसले बताए ।

यस्तै, गीतमा राष्ट्रियता र राष्ट्रप्रेम पाउन सकिन्छ । भारतसँग भएको विभिन्न सन्धी सम्झौता तथा कालापानी विषयलाई पनि गीतमा उठाइएको छ ।

‘कालापानी नभई हाम्रो तिर्खा मेटिँदैन
लडौं जबसम्म सिंगो नेपाल भेटिँदैन ।’

‘बेहोसीमै छाडी गयांै’ गीतबाट स्रोता दर्शकसमक्ष पुगेका गीतकार शिव पलाँसको ‘माया गर्नुको अर्थ सिँउदो भर्नु होइन’ अत्यधिक रुचाइएको गीत हो ।

त्यस्तै, ‘गन्दै जाँदा पिरतीमा’, ‘बेहोशीमै छोडी गयौ’, ‘आगो भन्ने जान्दाजान्दै,’ ‘‘ज्यानमा बैश फुल्न थाल्यो’ ‘काली मोरीले’ लगायत करिब चार दर्जन गीत रेकर्ड रेकर्ड छन् ।

स्याङ्जाका शिव पलाँसको पप, आधुनिक र गजल सबै विधामा कलम सशक्त छ ।

Related News

सम्बन्धित समाचार

  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११…
  • पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । अहिलेको चर्चित गीत ‘म त ढलें ढलें..’ सबैको मुखमा झुण्डिएको छ । मेल महोत्सव, विभिन्न कार्यक्रममा समेत यही…
  • मिस तामाङमा १३ प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाज पोखराले नवौं मिस तामाङको तयारी गरेको छ । आगामी १२ माघमा पोखरा…
  • सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी

    विजय नेपाल मंसिर १९, २०८१
    पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विषयलाई प्राथमिकता दिएर दू्रत गतिमा काम…
  • ‘मनमाया’ गीतको भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । किरण शंकर र सुमिना लोको आवाजमा रहेको ‘मनमाया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा शुक्रबार आयोजित…

hero news full width