पोखरामा एकैदिन १३ कोरोना संक्रमित फेला

आदर्श समाज सम्वाददाता
असार २४, २०७७
covid 19 corona banner

पोखरा, २४ असार । कास्कीमा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ जना महिला हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १० जना पुरुष, मादी गाउँपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार दिउँसो विज्ञप्ति जारी गरी सोको पुष्टि गरेको हो ।

संक्रमितमध्ये पोखराका वर्ष २५ का ३ जना पुरुष, वर्ष २६, ३१, ३२, ३५, ४३, ४५ र ५१ का १–१ जना पुरुष हुन् ।

त्यसैगरी, कास्कीकै मादी गाउँपालिकाका २८ वर्षीया एक महिला र वर्ष ३५ र ३७ का २ जना पुरुष पनि कोभिड–१९ संंक्रमित बनेका हुन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या कुल १ हजार १ सय २९ पुगेको छ । तीमध्ये ३ सय ५३ जना निको भइ घर फर्केका छन् ।

बुधबार बिहान पनि बागलुङ, तनहुँ र म्याग्दीका गरी ३ जनामा कोरोना पुष्टि भएको थियो । बागलुङको गल्कोटकी २४ वर्षीया महिला, तनहुँ म्याग्देका २९ वर्षीय पुरुष र म्याग्दीको बेनी नगरपालिकाका ३३ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । उनीहरु सबैको नमुना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा भएको हो ।

त्यस्तै, नवलपुरको गैडाकोटमा २ जना संक्रमित थपिएका छन् । गैँडाकोट नगरपालिका १ का २० वर्षीय पुरूष र गैँडाकोट ८ निवासी ५७ वर्षीय पुरूषलाई कोरोना पोजेटिभ देखिएको हो ।

बुधबार बाग्मती प्रदेश प्रयोगशाला हेटौंडामा परीक्षणका लागि पठाईएको ६६ नमुना मध्ये ६४ नेगेटिभ र २ जना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
बुधबारमात्रै गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width