पोखरा, २० असार । गएराति साढे १० बजेको समय । पोखरा वडा ७ स्थित एक पसलमा युवक छिरे । ‘साहूजी चाउचाउ र चुरोट दिनोस् त’ भन्दै छिरेका उनी एक्कासी मोवाइल चोरी गरी भागे।
पसल संचालक राजन श्रेष्ठ पनि उनको पछिपछि लागे । अल्लि पर पुगेपछि ती युवकलाई पसल संचालक राजनले भेटाए पनि । तर ती युवकले लगाएको सर्टमात्र हात पर्यो । ती युवक फेरि भाग्न सफल भए।
राजनले प्रहरीलाई खबर गरी त्यो रात सुते । शनिबार बिहान राजन आफ्ना साथिहरुसहित मर्निङवाक निस्किए । त्यसबेला मोवाइल चोरेका युवक फेरि देखिए । आफूहरुलाई देखेपछि पुनः भाग्ने प्रयास गरे पनि अन्ततः उनी प्रहरीको सहयोगमा पक्राउ परे।
पसल संचालक राजन अनुसार ती युवकले आफ्नो पसलबाट भीभो डब्लु–५ मोवाइल चोरी गरेका हुन् । प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१