बागलुङमा खानेपानी अभाव, संक्रमतिको उपचार समेत प्रभावित

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
baglung-bazar

बागलुङ, १३ असार । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कमजोर व्यवस्थापनको कारण बागलुङमा दुई सातादेखी खानेपानीको हाहाकार मच्चिएको छ ।

बाढीले पाईप वगाएपछि बागलुङ बजारका करिव ४ हजार उपभोक्ता खानेपानीबाट बञ्चित छन् । दैनिक ५० हजार लीटर पानी खपत हुने धौलागिरि अस्पतालमा पानी अभाव हँुदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

बागलुङ बजारमा ल्याइएको ३ वटै खानेपानी मुहान पहिरोले बगाएको दुई साता पुग्दा समेत मर्मत नहुँदा कोरोना संक्रमितको उपचार समेत प्रभावित भएको हो । अस्पतालका नर्सिङ अधिकृत देवी भट्टराईका अनुसार अस्पतालमा स्वाथ्थ्यकर्मी, विरामी र विरामीका कुरुवाको व्यक्तिगत सरसफई तथा शौैचालय जानसमेत पानीको अभाव सेृजना भएको छ ।

बिहिबार बिहान सामान्य संचालनमा आएको पानी पुन शुक्रवार बिहानै पहिरोले बगाएपछि अबरुद्ध भएको छ । हरेक वर्ष पहिरोले पाईप बगाँउदा समेत नगर खानेपानीले दीर्घकालिन समाधान खोज्ने प्रयास नगरेको स्थानीउ उपभोक्ताको आरोप छ ।

बागलुङ वजारका नागरिक आकासबाट परेको पानी थापेर खान वाध्य छन् । वर्षाको कारण पहिरोले बागलुङमा ल्याइएको खानेपानी मुहान भुँदीखोलाको मुहान, दोबिल्ला र रेशमा पाइपलाईन बगाएको छ । पहिरोले ठूलो क्षति भएपछि शनिवार नेपाली सेना र स्थानीय बासिन्दा सहित उपभोक्ता समितिले मर्मत गर्ने तयारी गरेको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width