पोखरा । एसओएस दिवसको अवसरमा एसओएस युवालय गण्डकीले रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ । कार्यक्रमका पमुख अतिथि बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठले पहिलो रक्तदाता एसओएस युवालय गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यलाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदानको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा एसओएस हरमन माइनर विद्यालय गण्डकीका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठ, एसओएस सामाजिक सेवा केन्द्रका इञ्चार्ज राजेन्द्र रेग्मी रक्तसंचार केन्द्र प्रतिनिधि महेन्द्र केसीको उपस्थिति थियो ।
उक्त कार्यक्रममा रक्तदाता उपेन्द्र अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर ५० औं पटक रक्तदान गरे । एसओएस युवालय गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यको सभापतित्व र सह–निर्देशक बाबुराम बरालको संयोजकत्वमा रक्तदानको आयोजना गरिएको हो । सिनियर काउन्सिलर रामचन्द्र पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।
एसओएस अन्र्तराष्ट्रियका संस्थापक पिता प्रो. डा. हरमन माइनरको जन्मदिनको अवसर पारेर एसओएस बालग्राम गण्डकीले जुन २३, २०२० का दिनविभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।
एसओएस वालग्राम गण्डकी तथा एसओएस युवालय गण्डकीले कार्यक्रममा खेलकुद लगायत अतिरिक्त कृयाकलापहरुमा विजयी वालवालिकाहरुलाई सांस्कृतिक कार्यक्रमबीच पुुरस्कार वितरण गरेको थियो । कोरोनाको विश्वव्यापी महामारी र लामो समयदेखिको लकडाउनका कारण यस वर्ष वालग्राम र युवालयभित्र रहेका वालवालिकामात्रको उपस्थिती थियो ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१