आँधीखोलाको बजेटमा कृषिलाई जोड

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
IMG_1570

स्याङ्जा, ११ असार । स्याङ्जाको आँधीखोला गाउँपालिकाले कोरोना महामारीको कारण सम्भावित खाद्य संकट, बेरोजगार समस्या न्यूनीकरणका साथै कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी कृषिमा आत्मनिर्भर हुने नीति ल्याएको छ ।

गाउँपालिकाले यस नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न कृषि तथा पशु क्षेत्र एवम् लघु कृषि उद्योगको लागि उच्च प्राथमिकताका साथ २ करोड १० लाख बजेट विनियोजन गरेको छ । बीउ विजन, बिरुवा, मल, विभिन्न कृषि उपकरणहरू प्रयोग गरि कृषिमा प्रोत्साहन र आत्मनिर्भर हुनुको साथै बजारीकरणको लागि कृषकहरूसँगको सहकार्य तथा साझेदारी एवम् सह लगानीमा अनुदान सहितको कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिएको कुरा आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर कुमार पौडेलले जानकारी दिए ।

गाउँपालिकाका हरेक वडामा कम्तीमा ३÷३ वटा हावापनी सुहाउँदो बालीको पकेट क्षेत्र बनाइ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र बेरोजगार युवालाई कृषि क्षेत्रबाटै रोजगारीको सृजना गरी युवा जमातको पसिना आफ्नै माटोमा सदुपयोग गराउने नीति लिएको अध्यक्ष पौडेलले बताए । भकारोमा गोबर तथा गहुँतलाई व्यवस्थित बनाई प्राङ्गारिक मलको रूपमा प्रयोग गर्न सजिलो बनाउने उद्देश्यले कृषक सँगको लागत सहभागितामा भकारो सुधार कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने अध्यक्ष पौडेलको भनाइ छ ।कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण सुनिश्चित गर्न कृषि एम्बुलेन्सको व्यवस्था गरि कृषकले उत्पादन गरेको वस्तु बजार सम्म पुर्याउने, साथै पोखरामा गाउँपालिकाले सञ्चालनमा ल्याएको कृषि उपज संकलन तथा व्यापार केन्द्रलाई अझै बढि व्यवस्थित गरी संचालनमा ल्याइने अध्यक्षको भनाइ छ ।

माटो परीक्षण तथा प्रविधि हस्तान्तरण, एक घर एक टनेल, कृषि तथा पशु बीमा सचेतना कार्यक्रम, भकारो सुधार, पशु नस्ल सुधार, दूध तथा दुग्ध जन्य वस्तुहरूको उत्पादन, बाख्रा तथा भैँसी प्रवर्द्धन कार्यक्रम, मौरीपालन तालिम तथा घार वितरण गरी मह तथा मैन उत्पादन, प्राङ्गारिक मल उत्पादन, विभिन्न कृषक तालिमहरू, शीत भण्डार निर्माण, कृषि एम्बुलेन्स, कृषक भ्रमण, पशु स्वास्थ्य सेवा तथा उपचार , वाली संरक्षण तथा कृषि क्षेत्रमा आइपर्न सक्ने हानिकारक कीरा तथा रोगको रोकथाम, नर्सरी निर्माण तथा व्यवस्थापन, व्यवसायिक कृषक प्रोत्साहन, कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रमको लागि बजेट विनियोजन गरेको कुरा गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन ।

सहकारी संस्थाको सहकार्यमा कृषि पेशामा लाग्ने कृषकहरूलाई न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्न सहकारसँगको साझेदारीमा अगाडी बढ्न बजेटमा व्यवस्था गरेको गाउँपालिका उपाध्यक्षले बताइन् । सहकारी संस्थाको सहकार्यमा कृषि पेशामा लाग्ने कृषकहरूलाई न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्न सहकारी सँगको साझेदारीमा अगाडि बढ्न बजेटमा व्यवस्था गरेको गाउँपालिका उपाध्यक्षले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा रोयल सहकारीको २३औं स्थापना दिवस

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आज २३औं स्थापना दिवस मनाउँदैछ । सहकारी स्थापना दिवसको अवसरमा सहकारीले…
  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…

hero news full width