गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि, कुल संक्रमित झण्डै ६ सय

विनिता सुनार
असार ८, २०७७
corona_1

पोखरा, ८ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै ६ सय पुगेको छ । स्वास्थ्य निर्देशनालयले सोमबार राति विज्ञप्ति जारी गरी थप ५३ जनासहित कुल ५ सय ९३ जनामा कोरोना पुष्टि गरेको हो ।

जसअनुसार तनहुँमा १७, स्याङ्जामा ९, बागलुङ ८, गोरखा ११, लमजुङ ५, पर्वत, नवलपुर र कास्कीमा १/१ जना संक्रमित फेला परेका हुन् ।

गण्डकीमा सोमबार बिहान २० जना नयाँ संक्रमित फेला परेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width