तनहुँका एस्पी गण्डकी प्रदेश कार्यालयमा सरुवा

आदर्श समाज सम्वाददाता
असार ८, २०७७
IMG_20200622_103937

तनहुँ ८ असार । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ। यसैगरी सोही कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेको पनि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा सरुवा भएका छन् ।

त्यस्तै  जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की सरुवा भएका छन् । एस्पी सिलवालले आफ्नो कार्यकालमा तनहुँ जिल्लामा घरेलु मदिरा नियन्त्रण, अवैध हातहतियार तथा खरखजाना बरामद, समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १सय वढी बिद्यालयहरुमा सचेतना मुलक कार्यक्रमहरु सहित शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width