पोखरा ४, असार । तेस्रो मुलुकबाट कास्की फर्किएका महिलालाई पोखरा ३, नदीपुरस्थित बुद्ध हस्पिटलको क्वारेन्टाइनमा राख्न सुरु भएको छ । यो जिल्लाकै पहिलो महिला क्वारेन्टाइन हो ।
कुवेतबाट नेपाल फर्किएका ७ जना महिलालाई बिहीबारदेखि त्यहाँ व्यवस्थापन गरिएको पोखरा महानगर उपमेयर मञ्जुदेवी गुरुङले बताइन्।
नेपाल सरकारले कुवेतमा रोजगार गुमाएर अलपत्र परेका १ सय ५० जनालाई उद्धार गरी हवाईमार्ग हुँदै बुधबार काठमाडौं उतारेको थियो । तीमध्ये पोखराका विभिन्न वडाका ७ महिलाहरु काठमाडौंदेखि माइक्रोमा पोखरा आएका हुन्। उनीहरु कुवेतमा रहँदा पनि एकै ठाउँमा बस्दै आएको बताइएको छ ।
कुवेतमा पनि २ महिना जति उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । काठमाडौंपछि नेपाली सेनाले स्कटीङ गर्दा पनि आफूहरु पोखराको दूरी ५ घण्टा भएपनि १२ घण्टाभन्दा बढी लागेको उनीहरुको गुनासो छ ।
पहिला बृद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा स्थानियले विरोध गरेका थिए । हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित २० जना राख्न सकिने गरी आवश्यक ब्यवस्था मिलाइएको उपमेयर गुरुङले बताइन्। आफूहरुको स्वाब कलेक्सन गरी समयमै पिसिआर परिक्षण गर्न उनीहरुले माग गरेका छन्।
त्यसैगरी, थाइल्याण्डबाट काठमाडौैंहँुदै विहीबार ४ जना युवा पोखरा आएका छन्। होटल म्यानेजमेन्ट कोर्षको इन्टर्नसीप थाइल्याण्ड पुगेका उनीहरु कुवेतबाट आएका महिलासँगै नेपाली सेनाले उनीहरुलाई समेत स्कटिङ गराएर यहाँ ल्याएको हो ।
कास्कीमा हालसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ निको भएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१