एकै दिन ३८० मा कोरोना संक्रमण, कूल संक्रमित संख्या ६५९१

एजेन्सी
असार २, २०७७

काठमाडौं, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६५९१ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ रहेको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै पछिल्लो २४ घण्टामा ११७ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट नेपालमा १९ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width