फिल्ड रिपोर्टिङ गर्ने पत्रकार महिलालाई आचार्यको सहयोग

विनिता सुनार
जेठ ३१, २०७७
wwj

पोखरा, जेठ ३१ । कोरोना महामारीको समयमा फिल्ड रिपोर्टिङ गर्ने पोखराका पत्रकार महिलालाई सामाजिक अभियान्ता रंगिला आचार्यले सहयोग गरेकी छन् ।

क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) समन्वयमा आचार्यले शनिबार कास्कीका पत्रकार महिलालाई सुरक्षा सामग्री वितरण गरेकी हुन् । उनले ५० भन्दा बढी पत्रकारलाई एन–९५ मास्क, ह्याण्ड सेनिटाइजर, गल्बस र मेडिकल मास्क वितरण गरिन् ।

साथै, उनले कोरोना माहामारीका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत समेत वितरण गरेकी छिन् । पोखरा वडा ७, १७ र २१ का करिब १ सय ५० परिवारलाई खाघान्न सहयोग गरेकी हुन् । दैनिक घरखर्चमा हुने खर्च कटौती गरी राहत व्यवस्थापन गरेको उनले जानकारी दिइन् ।

डब्लूडब्लूजे गण्डकी अध्यक्ष सरिता तिमिल्सना पगेनीले समाजसेवी आचार्यले गरेको सहयोगप्रति आभार प्रकट गरिन् । उनले सुरक्षित ढंगले रिपोर्टिङ गर्न पनि पत्रकारलाई सुझाव दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width