वालिङ, १८ जेठ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि गौशाला निर्माण गरेको छ । वालिङ नगरपालिकामा हाल रहेको गौशालाको क्षमता सानो भएकोले वालिङ १० स्थित स्वर्गाश्रममा गौशाला निर्माण गरिएको हो ।
वालिङ नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार वालिङ १० को स्वर्गाश्रममा गौशाला निर्माण कार्यका लागि वालिङ ८ र १० का वडा अध्यक्षको रेखदेखमा निर्माण भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । गौशाला निर्माणका लागि पशु विकास निर्देशनालय पोखराको छाडा चौपाया नियन्त्रण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र अन्य अपुग रकम नगरपालिकाले ब्यहोर्ने गरी निर्माण भएको नगर प्रमुख खाँणले बताए ।
“स्वर्गाश्रम भन्ने स्थानमा सार्वजनिक तथा ब्यक्तिगत नाममा रहेका जग्गालाई प्रयोग गरी गौशाला निर्माण गरेका हौं” नगर प्रमुख खाँणले भने “गौशालामा हाल २६ वटा गाईहरु राखिएको छ, झण्डै तीनसयसम्म गाई राख्न सकिने क्षमताको गोठ निर्माण भईरहेकाले गाईको संख्यामा बृद्धि गरिने छ ।”नेपालको राष्ट्रिय जनावरकोरुपमा रहेको गाई पछिल्लो समय जथाभावी छोडिदिंदा बालीनाली खाईदिने समस्या भएकाले तिनीहरुको उचित ब्यवस्थापनका लागि गौशाला निर्माण गरिएको नगर प्रमुख खाँणले बताए ।
जथाभावी गाई छोडिदिंदा बालीनाली खाईदिने तथा सडकमा गाईको हुलले गर्दा सवारी आवत जावतमा समस्या तथा संभावित दुर्घटनाको जोखिम न्यूनिकरणका लागि बृहत गौशाला निर्माण गरिएको वडा नं. १० का अध्यक्ष अनन्तराज गैह्रेले बताए । बगौशाला निर्माणसँगै छाडा पशु चौपायाहरुले बालीनाली खाईदिने समस्या हटेर जानुका साथै गाईको संरक्षण पनि हुने वडा अध्यक्ष गैह्रेले बताए ।
सार्वजनिक र ब्यक्तिगत गरी झण्डै दुई सय रोपनी क्षेत्रफल रहेको उक्त ठाउँमा गाईका लागि आवश्यक पर्ने घाँस रोपण गरिएको, दानापानी, घाँस पराल राख्ने ठाउँ, हेरालुहरुका लागि बस्ने भवन, गाईबस्तुका लागि खानेपानी संकलन गर्ने पोखरी लगायतका पूर्वाधार निर्माण भएको अध्यक्ष गैह्रेले बताए ।गाईका लागि चरन क्षेत्र पनि प्रशस्त भएकाले गाई पालनका लागि समस्या नहुने वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताए ।
वालिङ बजार तथा आसपासका क्षेत्रमा छाडा छोडिएका पशुपंक्षीका कारण स्थानीयको बालीनालीमा नोक्सानी भएको गुनासो अत्याधिक आउन थालेकाले गाई संरक्षणका लागि दीर्घकालीन योजनाकोरुपमा गौशाला निर्माण गरिएको अध्यक्ष सुबेदीले बताए ।
Related News
सम्बन्धित समाचार
खुदीखोलाका मगरहरुले मनाए माघी
‘भक्ति संगीतको सम्बद्र्धन जरुरी’
शिवालय मन्दिर उद्घाटन
शिक्षामन्त्री कोटिहोममा
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१