अम्फान आँधीका कारण बंगलादेश र भारतको पूर्वीतटीय इलाकाका दशौं लाख विस्थापित

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७७
cyclone

photo: medium

बंगालको खाडीमा विकसित अम्फाननामक आँधी (चक्रवात) बुधवार साँझ भारतको उडिसामा आएको छ । आँधी विस्तारै कोलकत्तातिर सरेको भारतीय संचारमाध्यमले जनाएका छन् । आँधीले पश्चिम बंगालमा रुख ढल्दा २ जनाको मृत्यु भैसेकेको छ ।

बंगलादेश र भारतको पूर्वीतटीय इलाकामा आँधी आउने पूर्वानुमानपछि त्यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् ।

कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ । ती स्थानमा उच्च सतर्कता अपनाइएको छ ।

विशेषगरी भारतको पश्चिम बङ्गाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ ।

आँधी भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो । बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मङ्गलबारदेखि नै त्यहाँको जनजीवनमा त्रास फैलिएको हो ।
बंगलादेश र भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका थिए ।

यसबाट दशौँलाख व्यक्ति प्रभावित भएका छन् । अम्फान आँधी एक दशक यताकै सबैभन्दा ठूलो मध्येमा पर्ने मौसमविद्ले बताएका छन्।

अम्फान पश्चिम–मध्य बङ्गाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको बताइएको छ । सूपरसाइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ।

उक्त आँधीले उत्तरपूर्वी भारतमा निकै प्रभाव पार्ने र यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रमासमेत पर्नेछ । बुधबारदेखि ३ दिनसम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width