पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु

आदर्श समाज सम्वाददाता
माघ १९, २०८०
subedi dies

पोखरा । बेलायतको स्कटल्यान्ड राज्यको एबरडीनमा भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ । सोमबार साँझ ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको निधन भएको ढिलागरी समाचार सार्वजनिक भएको हो ।

स्थानीय एबरडीन लाइभका अनुसार शिक्षा २४ र आँचल २८ वर्षकी थिइन् । सुवेदी दिदीबहिनी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञप्रसाद सुवेदीका छोरीहरु हुन् । सुवेदीको पुख्र्यौली घर पर्वत हो भने हाल उनका परिवारका सदस्य पोखरा बस्छन् । शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् भने आँचल पेसाले इन्जिनियर हुन् । सो आगलागीमा परी घाइते अरु ५ जना भने उपचारपछि घर फर्किसकेका छन् ।

उक्त घटनाबारे स्कटल्यान्ड प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । सोमबार साँझ करिब ६ बजे आगलागीबारे प्रहरीले जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको जनाएको छ ।

सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्थे । आगलागी पहिलो तलाबाट सुरु भएको थियो ।
आगलागी भएको थाहा पाएपछि उनीहरु आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भ¥याङमै धूँवाको मुस्लोमा परी निस्सासिएर मृत्यु भएको आशंका छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width