बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
Trump_Biden

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।

एनबीसी न्युज, द एसोसिएटेड प्रेस, द वासिङ्टन पोस्ट, द वाल स्ट्रिट जर्नल, एबीसी न्युज लगायत सञ्चारमाध्यमले उत्तरी राज्यमा स्थानीय समयअनुसार राति ८ः०० बजे मतदान सम्पन्न भएको केही मिनेटपछि उक्त प्रक्षेपण गरेका हुन् ।

राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गर्नुभएको छ । मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए ।

सन् २०१६ मा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई ११ हजार मतले पराजित गर्नुभएको मिचिगनमा बिस हजारभन्दा बढी डेमोक्र्याट मतदाताहरूले ‘अप्रतिबद्ध’ विकल्पको लागि मतदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका लागि पूर्व अमेरिकी राजदूत तथा दक्षिण क्यारोलिनाकी पूर्वगभर्नर निक्की हेलीलाई पराजित गर्दै ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट जित हासिल गर्नुभएको छ ।

मिचिगनका ५५ राष्ट्रपति प्रतिनिधिमध्ये १६ जनाको मात्र प्राथमिक नतिजाका आधारमा निर्णय गरिनेछ भने बाँकी प्रतिनिधि ९डेलिगेट्स० लाई मार्च २ मा हुने रिपब्लिकन कन्भेन्सनमा वितरण गरिनेछ ।

इमर्सन कलेजपोलिङरद हिलको नयाँ सर्वेक्षणअनुसार मिचिगनका ३१ प्रतिशत मतदाताका लागि अर्थतन्त्र सबैभन्दा ठुलो मुद्दा हो भने अन्य आप्रवासन, लोकतन्त्र, स्वास्थ्य सेवा, आवास कोलागि खतरा, शिक्षा, अपराध र गर्भपतन पहुँच उनीहरूको चासोको विषय हो ।

मिचिगन अमेरिकी राष्ट्रपतीय चुनावमा मतका हिसाबले एक महत्त्वपूर्ण राज्य हो । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हिलरी क्लिन्टनलाई ०।२ प्रतिशतले पराजित गर्दै विजयी हुनुभएको थियो । त्यसको चार वर्षपछि बाइडेनले २।८ प्रतिशत मतान्तरले जित हासिल गर्नुभएको थियो ।

अमेरिकी अधिकांश राज्यहरूमा राष्ट्रपतीय प्राइमरी मतदान हुने ‘सुपर ट्युस्डे’ ननिकँदै छ । रिपब्लिकन वा डेमोक्र्याटिक अधिवेशनहरूमा भाग लिने लगभग एक तिहाइ प्रतिनिधिहरू सामान्यतया यस दिन तय गरिन्छ । यस वर्षको ‘सुपर ट्युस्डे’ मार्च ५ मा परेको छ र उक्त दिन, लगभग १५ राज्य र एक क्षेत्रमा मतदान हुनेछ ।

आधिकारिक रूपमा पार्टीको प्रतिनिधिहरूद्वारा चयन गरिने राष्ट्रपति पदको उम्मेदवार जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनभन्दा पहिले घोषणा हुनुपर्नेछ र यो जुनका लागि तय भएको छ । त्यसपछि अगस्टमा डेमोक्र्याटिक नेशनल कन्भेन्सन हुँदै सन् २०२४ को नोभेम्बर ५ मा अमेरिकी नयाँ राष्ट्रपति चयनका लागि हुने मतदान हुनेछ । रासस/एएफपी

Related News

सम्बन्धित समाचार

hero news full width