एक्सपर्ट एडु कन्क्लेभ तयारी

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
expirt

पोखरा । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले शैक्षिक परामर्श गर्ने भएको छ । आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एजुकेसन कन्क्लेभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ ।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श आयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पोखराको ट्रेड मलस्थित एक्सपर्टको कार्यालयमा हुने परामर्शमा विभिन्न भौचर, मुभी भौचर, बन्जी जम्प, फुड, ह्यापी होलीलगायत भौचर सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए ।

कार्यक्रममा ४ देशका २५ भन्दा धेरै कलेज तथा युनिभर्सिटीको प्रतिनिधित्व रहनेछ । विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले अस्ट्रेलिया, युके, न्युजिल्यान्ड र आयरल्यान्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग संवाद गर्न पाउने एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।

एक्स्पर्टले नेपालका प्रमुख १६ सहरमा शाखा सञ्चालनमा ल्याएको छ । विश्वका २५ देशका ६५ भन्दा बढी सहरबाट समेत एक्स्पर्टले सेवा प्रवाह गरिरहेको छ । नेपालका धनगढी, नेपालगन्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा,

विराटनगर, विर्तामोड र काठमाडौंमा एक्स्पर्टले विभिन्न कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पिटिई क्लासमा समेत छुट दिइनेछ

Related News

सम्बन्धित समाचार

hero news full width