जयकुमारको ‘हामी देशवासी’

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७
jay kumar

‘हामी देशवासी सबै एक हुनु छ
सधैँ सँगै हास्यौं, सँगसँगै रुनु छ
यो आपतको बेला, अनि विपतको बेला
यो देशको मुहार फेर्नु छ, अघि बढ्नु छ ।’
गायक तथा संगीतकार जयकुमार परियारले ‘हामी देशवासी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
विश्वव्यापी महामारी रुपमा फैलिएको महामारीले उत्पन्न विषम परिस्थितिमा यसको न्यूनीकरणका लागि सबै जना नेपाली फुटेर नभै जुटेर लागीपर्नुपर्छ भन्ने सन्देश बोकेको छ । सो गीत जय म्यूजिक सेन्टर नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा कोरोना महामारी उत्पत्ति, यसको महामारी र अबको बाटो के हुन सक्छ भन्ने संकेत गरिएको छ ।
गीतमा जयकुमार परियारकै स्वर, शब्द र संगीत छ । संचारकर्मी सुशील नेपालीले निर्देशन गरेको सो म्यूजिक भिडियो एरेञ्ज राजेश विष्ट क्षेत्रीले गरेका हुन् । वितरक जय म्यूजिक सेन्टर रहेको छ ।
राष्ट्रिय भावनाले ओतप्रोत रहेको सो भिडियोमा पोखरासहित विभिन्न भागको दृश्य समेटिएको छ ।
जयकुमार २८ वर्षदेखि पोखरालाई कर्मक्षेत्र बनाई संगीतकर्ममा निरन्तर क्रियाशील स्रष्टा हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width