रोल्पा, ३० वैशाख । जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणबिना नै घर पठाइएको हो ।
कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए । “जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर एक साता घरमा सेल्फ आइसोलेशनमा रहन भनेका छाँै”, आचार्यले भने ।
कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताए । लकडाउन अवधिभर काठमाडौँलगायत अन्य स्थानबाट हजारौँ मजदूर जिल्ला आएका थिए । कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ । एक हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।
आज मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा तीन महिला र सात पुरुष बसेका छन् । आज ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा २८ महिला र ३० पुरुष बसेका छन् । चौबीस जना घर फर्किएका छन् । त्यस्तै सोमबारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट सात हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिए । अहिलेसम्म जिल्लाभर आइसोलेशनमा राखिएका १३ जना घर फर्किसकेको तथा अन्य पाँच जनालाई आइसोलेशनमा राखिएको स्वास्थ्थ कार्यालयले जनाएको छ ।
भारतबाट आएकाको रिपोर्ट नेगेटिभ
अर्घाखाँची– भारतबाट आएका अर्घाखाँचीका ११२ जनाकोे पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नेपाल र भारतको सिमाना नौतनहवाको क्वारेन्टाइनमा २६ दिन बसेर आएका उनीहरुलाई जिल्लाका स्थानीय सरकारले आफूहरुले बनाएका क्वारेन्टाइनमा राखेका थिए । मालारानी गाउँपालिकाको कवारेन्टाइनमा बसेका ९२ र सन्धिखर्क नगरपालिकाको कवारेन्टाइनमा बसेका २० जनाको पिसिआर जाँचको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताए ।
Related News
सम्बन्धित समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१