ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट

रासस
वैशाख २०, २०७७
Taplejung

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए । त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् ।

यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएन । आगलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी पीडितलाई तत्कालका लागि खाने–बस्नेलगायत व्यवस्थापनका साथै राहत प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बिहान सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभएको छ । बैठकसँगै उनीहरुलाई तत्कालका लागि राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width