भारतमा कोरोना संक्रमणबाट ८ सय २५ को मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७

पोखरा, १४ वैशाख । भारतमा कोरोना संक्रमणबाट ८ सय २५ जनाले ज्यान गुमाएका छन् भने २६ हजार वढी संक्रमित बनेका छन् । शनिबार एकै दिन १८ सय ३६ जना कोरोना संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ।

शनिबार मात्रै भारतमा यसको संक्रमणबाट ४५ जनाले ज्यान गुमाएका छन्। शुक्रबार त्यहाँ ५९ जनाले ज्यान गुमाएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितमध्ये ५ हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ । कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।