पोखरा, बैशाख १४ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल अहिले लकडाउनमा छ । लकडाउनका कारण सम्पूर्ण फिल्म तथा मनोरञ्जनका गतिविधिहरु पनि ठप्प भएका छन् ।
जसकारण आफ्ना दर्शकलाई घरबाटै मनोरञ्जन दिनका लागि लकडाउन सुरु भएदेखि नै नयाँ–नयाँ चलचित्रहरु तथा विभिन्न छोटो चलचित्रहरु (सर्ट फिल्म) युट्युबमा सार्वजनिक भइरहेका छन् ।
यस्तै लकडाउनका कारण होम क्वारेन्टाइनमा बस्दै आएका हास्य कलाकार सन्दिप क्षेत्रीले पनि ‘लकडाउन’ नाम दिई छोटो चलचित्र भिडियो तयार गरेका छन् । लकडाउनको बेला घरमा बसेर हैरान परी छटपट्टिएर बाहिर निस्कन खोजेका एक युवाको कथालाई प्रस्तुत गरिएको छ ।
त्यतिमात्र नभई उक्त भिडियोमा यो माहामारीको समयमा सामाजिक दुरी कायम गरि सञ्चार माध्यमबाट प्रयोगबाट एक अर्काेसँग भावानात्मक रुपले जोडिन सन्देश पनि दिएको छ ।
उक्त भिडियोमा हास्य कलाकार मदन कृष्णा श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, किरन के.सी, निर्मल शर्मा, सन्जय श्रेष्ठ, सन्दिप क्षेत्री लगायतको अभिनय रहेको छ ।
सन्दिप आफैँले लेखेको उक्त छोटो चलचित्रको अभिनय सबै कलाकारले आ–आफ्नै घरबाट तयार पारेका हुन् । सबै कलाकारहरुको भूमिका र संवाद पठाएर त्यहि अनुसार उनीहरुले आफ्नो भूमिका अनुसार अभिनय गरेर भिडियो सन्दिपलाई पठाएका थिए ।
भिडियोलाई सन्दिपले आफ्नै युट्युब च्यानल ‘सन्दिप क्षेत्री’ बाट शनिबार सार्वजनिक गरेका हुन् । भिडियो दर्शकको प्रतिक्रिया पनि राम्रो पाएको छ ।
Related News
सम्बन्धित समाचार
आमा बन्दै नायिका प्रियंका कार्की
अब बाँच्छ सिक्लेसी ठाडो भाका
अब गुरुङ चलचित्र हलमा नियमित
लकडाउनपछि कलाकारको व्यस्तता बढ्दै
जितप्रसाद द्वा पत्रकारिता पुरस्कारबाट श्रीराम सिग्देल पुरस्कृत
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७