पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच उत्पादन र निर्माणलाई रोक्न नहुने बताउनुभएको छ ।
प्रदेश सरकारले कोरोनाको जोखिम हुन नदिन गरेका काम एवं जारी बन्दाबन्दीका सन्दर्भमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले उत्पादन र निर्माण प्रभावित बन्दा सर्वसाधारणको दैनिकीका साथै मुलुकको अर्थतन्त्रमा असर पुग्ने देखिएकाले यसलाई सँगसँगै अघि बढाउन जोड दिनुभयो ।
उत्पादन र निर्माण ठप्प हुँदा जनजीवन थप असहज जस्तो बनिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले बन्दाबन्दी जारी रहेका अवस्थामा उत्पादन र निर्माणको कार्यलाई सुरक्षित तवरले अघि बढाउने सोच राखेको जानकारी दिनुभयो ।
औपचारिक अर्थतन्त्रलाई बलियो नबनाएसम्म राज्य बलियो नहुने बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालित विकास निर्माणका कार्य अघि बढ्ने र मजदुरको दैनिकीमा पनि राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कोरोना भाइरसको जोखिमलाई अवसरका रुपमा लिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “मुलुकमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता यतिखेर पुष्टि भएको छ ।”
गण्डकी प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ भौतिक निर्माण एवं आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरिने तयारी भइरहेको जानकारी दिँदै उहाँले हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा दुई/दुई र अन्य नौ जिल्लामा पाँच श्ययाको आकस्मिक कक्ष निर्माण गरिने जानकारी दिनुभयो ।
प्रदेशको बागलुङ जिल्लामा देखिएका दुईजना कोरोना सङ्क्रमित धौलागिरि अञ्चल अस्पतालबाट उपचार गरी निको भएर घर फिर्ता भइसकेको बताउँदै मुख्यमन्त्री गुरुङले अन्य सङ्क्रमित नभए पनि बाहिरी जिल्लाबाट आउने व्यक्तिबाट रोग सर्न सक्ने भएका कारण प्रत्येक व्यक्ति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कोरोना भाइरसको रोगथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकार, स्वास्थ्यकर्मी सम्पूर्ण क्षमताका साथ लागेका कारण सफलता प्राप्त भएको स्पष्ट पार्दै उहाँले सङ्क्रमण रोगथाम तथा नियन्त्रणका लागि आवश्यक लगानी र जनशक्ति व्यवस्था गरिने बताउनुभयो ।
गण्डकी प्रदेशमा हालसम्म बाहिरबाट आएका ४७ हजारजनाको पिसिआर, आरडिटी परीक्षणमा नेगेटिभ देखिएको बताउँदैउहाँले प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालका रुपमा विकास गरी १० श्ययाको आइसियु कक्ष सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री गुरुङले लेखनाथ लायन्स सामुदायिक अस्पताललाई सरुवारोग नियन्त्रण अस्पतालका रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१