गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्रीले नै गरिन् लकडाउनको अवेज्ञा

साधन राम्जाली
वैशाख ८, २०७७
myagdi -health program . (3)

म्याग्दी । कोरोना महामारी रोक्न आह्वान गरिएको लकडाउनलाई अवज्ञा गर्दै म्याग्दीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मन्त्री ,सांसद,जनप्रतिनिधि तथा प्रशासन लगायतको उपस्थितिमा देशमा जारी कोरोना भाइरसविरुद्धको लकडाउन तथा एकै ठाउँ २५ भन्दा बढी मानिस बेला हुन नपाइने नियमलाई उल्लंघन गर्दै भीड जम्मा गरेर गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आइतबार म्याग्दीमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुन ,प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश सभा सदस्य विनोद केसी ,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी , पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका माइक्रोबायोलोजिष्ट धर्मराज भट्ट, बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी, कोभिड–१९ कमाण्ड पोष्ट, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । सरकारले २५ जनाभन्दाबढी मानिस भेला हुन समेत रोक लगाएको अवस्थामा भीड जम्मा गरेर कार्यक्रम आयोजना गरेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले नीति, नियम पालना गराउने निकायबाटै उल्लंघन हुनु समाजमा सकरात्मक सन्देश नजाने बताए । नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले २५ जना भन्दा बढी मानिस भेला भएर गरिने कार्यक्रमले लकडाउनको नियम उल्लंघन हुने बताए ।

यता स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले लकडाउनको समय भएपनि स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने उद्देश्यले दुरी कायम गरेर कार्यक्रम संचालन गरिएको प्रतिक्रिया दिए । उनका अनुसार बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका साथै, कोभिड–१९ कमाण्ड पोष्ट, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुलाई कोरोना संक्रमितको पहिचान, उपचार र व्यवस्थापनका साथै सामाग्रीको प्रयोगका बारेमा अभिमुखीकरण गराइएको हो । ‘माननीय मन्त्री, सांसदज्युहरुको उपस्थितिमा म्याग्दी सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा विशेष गरी कोरोना भाइरस विरुद्धको लडाइमा खटिएका स्वास्थ्यकर्मीहरुको क्षमता विकास गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो,’ प्रमुख लम्सालले भने, ‘ २५ जना भन्दा बढीको भेला भएपनि दुरी कायम गरेर कार्यक्रम संचालन गरिएको गरिएको हो । ’

सरकारले २५ जनाभन्दाबढी मानिस भेला हुन समेत रोक लगाएको छ । पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन हुन पाउने छैनन् । संक्रमक रोग ऐन, २०२० अनुसार नियम उल्लंघन गरे ६ महिनासम्म कैद हुन सक्छ । ऐनअनुसारको आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

मन्त्री पुनले कोरोना रोकथामको प्रयासलाई प्रभावकारी र सफल बनाउन प्रदेश सरकारले स्रोत, साधन र शक्तिको उच्चतम परिचालन गरेको बताइन् । स्वास्थ्यकर्मीहरु र चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री पुनले उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्री, औषधि र उपकरणको अभाव हुन नदिने बताइन् ।

बजारमा पर्याप्त सामान नभएको अवस्थामा विद्यमान खरिद ऐन अनुसार सामाग्री जुटाउन समस्या परेको उनले बताइन् । खरिद प्रक्रियासंगै सामाजिक संघसंस्था र व्यक्तिहरुबाट सहयोग जुटाएर भएपनि व्यवस्थापन गरिएको मन्त्री पुनले जानकारी दिइन् । सामाजिक दुरी कायम गर्नु र बन्दाबन्दीको पालना गर्नुनै कोरोनाबाट बच्ने अचुक औषधि भएको मन्त्री पुनको भनाई थियो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका माइक्रोबायोलोजिष्ट धर्मराज भट्टले अनावश्यक काममा पिपिईको प्रयोग नगर्न आग्रह गरिन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विदेशबाट आएका र शंकास्पद व्यक्तिको द्रूत परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको जानकारी गराए । प्रजिअ ढकालले सम्भावित जोखिमलाई आँकलन गरेर जिल्लाभर १७५ शैया क्षमताको क्वारेन्टाइन बनाइएको जानकारी दिए । उनका अनुसार बेनीमा २० शैया क्षमताको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको छ । यसअघि बेनी अस्पतालमा ६ शैयाको आइसोलेसन स्थापना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width