प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको बैठकले कोरोना भाइरसको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा गरेको छ ।
समय पर्याप्त पाएर पनि आवश्यक तयारी नगरिनुलाई दुःखद्रूपमा लिँदै बैठकले कोरोनाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापकरुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ । स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले कोरोनाविरुद्धको सङ्घर्षमा सफलता मिल्ने विश्वास साथ बैठकले देशभरिका स्वास्थकर्मी प्रति उच्च सम्मान प्रकट गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), परीक्षण कीट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपिल गरेको छ । बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका सञ्चारकर्मीलाई सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको उहाँले जानकारी दिनुभयो ।
लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपालीमा अपिल गरेको छ । स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नलाई पदमुक्त गर्न अपिल गर्दै बैठकले अनिवार्य छानबिन र कारवाहीको विषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । देशबाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई व्यवस्थितरुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने व्यवस्था मिलाउन बैठकले सरकारसमक्ष माग गरेको छ ।
यसैगरी धेरै ज्यालादारी श्रमिकमाझ अझै राहत नपुग्दा जीवन कष्टकर बनेको सरकारको ध्यानाकर्षण गराउँदै बैठकले बेरोजगार र शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीका लागि पनि तत्काल राहत घोषणा गर्न माग गरेको छ । सानाठूला सबै व्यवसायीको व्यवसायमा लकडाउनले पुर्याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज व्यावहारिक ढङ्गले ल्याउन बैठकले माग गरेको उहाँले बताउनुभयो ।
लकडाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न तथा अत्यावश्यक खाद्यान्नको आपूर्तिदेखि उत्पादनसम्मको व्यवस्थालाई जोखिममुक्त ढङ्गले सहजीकरण गर्न÷गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर नागरिकलाई सहयोग पुर्याउन स्थानीय सरकारलाई अपिल गरेको छ ।
त्यस्तै विदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ । संयुक्त अधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकामा कोरोना सङ्क्रमणले मृत्यु भएका नेपालीको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको सङ्कट सामना गर्न अपिल गरेको छ ।
प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यलाई अपिल गर्दै कोरोनाको जोखिमसँग जुध्न एक विज्ञ समूह निर्माण गरेर निरन्तर समूहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ । साथै बैठकले पार्टीका सबै केन्द्रीय सदस्य, सङ्घीय र प्रदेश सांसद एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेषरुपले कार्य गर्न निर्देशनसमेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१