फिफाको निर्णय, यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने

एजेन्सी
चैत्र २३, २०७६
FIFA

जापानमा हुने टोकियो ओलम्पिकमा यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एकवर्ष बढाउने निर्णय गरेको हो ।

कोरोनाका कारण एक वर्षपछि (२०२१) मा सरेको टोकियो ओलम्पिकमा अब २४ वर्ष उमेरकाले फुटबलरले खेल्न पाउने फिफाले निर्णय गरेको हो । टोकियो ओलम्पिक एक वर्षपछि धकेलिएकाले यो निर्णय गरिएको फिफाले जनाएको छ ।

यसअघि, ओलम्पिक फुटबलमा यु–२३ टिमले खेल्ने गरेको थियो । त्यस्तै, इन्टरनेशनल ओलम्पिक कमिटी (आइओसी) ले ओलम्पिक छनोटको समय लम्ब्याएको छ । टोकियो ओलम्पिक छनोट २९ जुन २०२१ सम्मका लागि लम्ब्याएको हो ।

यसअघि, यो वर्षका लागि तय भएको ओलम्पिकमा २४ जुलाईदेखि ९ अगस्टसम्म हुने ओलम्पिक छनोटको कार्यतालिका थियो। आइओसीले यस अघि नै छनोट चरण पार गरेका खेलाडी भने सहभागी हुन पाउने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै