२०२१ जुन २९ सम्मका लागि ओलम्पिक छनोटको नयाँ समयसीमा निर्धारण

एजेन्सी
चैत्र २३, २०७६
International Olympic Committee IOC

कोरोनाले विश्व खेलजगत ठप्प पारेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ओलम्पिक छनोटको नयाँ समय सीमा निर्धारण गरेको छ ।

आइओसीले सार्वजनिक गरेको नयाँ तालिका अनुसार ओलम्पिक छनोट अर्को बर्षको जुन २९ भित्र सक्नुपर्नेछ । यस बर्ष हुने टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता यस बर्ष स्थगित गरिएको थियो ।

लगत्तै, सदस्य राष्ट्रसंग छलफल गरेर आइओसीले ओलम्पिक आयोजना २०२१ मा जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना गर्ने नयाँ मिति तय गरेको थियो ।

नयाँ छनोट तालिका २०२१ जुन २९ सम्मका लागि हुनेछ । सोही समयमा रहेर अन्तर्राष्ट्रिय महासंघले आफ्नो छनोट समय सीमा निर्धारण गर्न सक्नेछन् । तर, सबै तालिका जुन २९ अगाडिनै तय हुनुपर्ने आइओसीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width