नेकपा बैठकमा ओलीको सम्बोधन

एजेन्सी
माघ १५, २०७६
16a949195bcd4dfa92dc4e7c9c0c94dc_w1000_h500_cp

काठमाण्डौ, १५ माघ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । राष्ट्रियसभा गृहमा बुधबार बिहान शुरु भएको बैठकलाई प्रधानमन्त्री केपी शर्माले सम्बोधन गरेका हुन् ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समितिको बैठक बसेको हो । बैठकको सुरुमै सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताएका छन् प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा केन्द्रीय सदस्यहरु सामु सरकारले केके उपलब्धिहरु हासिल गरेको छ भन्ने विववरण प्रस्तुत गर्दै सरकारको बचाऊ गरेका छन् । बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ ।

बैठकमा बुधवार नै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गरिने बताइएको छ । अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width