पोखरा। गण्डकी प्रदेशमा पहिलोपटक विषादी प्रयोगमुक्त सप्ताह बिहीबार शुरु भएको छ ।
बाली संरक्षण प्रयोगशालाको आयोजनामा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ नारासहित शुरु सप्ताहको पहिलो दिन सरोकारवाला सम्मिलित बृहत् सचेतनामूलक ¥याली निकालियो ।
‘विषादी विष हो औषधि होइन, अनावश्यकरुपमा विषादी प्रयोग नगरौँ, विषादीको प्रयोगबाट बचौँ’ लगायत सन्देशमूलक प्लेकार्ड सहितको ¥याली पोखराको बिरौटा, मुस्ताङ्चोक, ड्यामसाइड हुँदै प्रयोगशाला परिसरमा पुगेको थियो ।
खाद्य उत्पादनमा प्रयोग गरिने विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समेत समस्या निम्त्याउने भएकाले यसको कम भन्दा कम प्रयोग तथा यसको नकारात्मक असरबारे जनचेतना जगाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको बाली संरक्षण प्रयोगशालाका प्रमुख बाली संरक्षण अधिकृत सुष्मा मरहठ्ठा बताइन् । कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले विषादीमुक्त कृषि उत्पादनका लागि सर्वप्रथम कृषक नै जिम्मेवार हुने भएकाले उत्पादन वृद्धि गर्नका लागि अनावश्यक विषादी प्रयोग गर्न नहुने बताए । कृषि उत्पादनमा आवश्यक र ठीक ढङ्गले मात्र विषादी प्रयोग गरिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले प्राङ्गारिक खेतीमा जोड दिनुपर्ने खाँचो औँल्याए ।
मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले नेपालमा वर्षेनी ८० करोड रुपैयाँ बराबरको ६ सय ३० मेट्रिक टन विषादी भारत र चीनबाट आयात हुने गरेको बताउँदै २४ प्रकारका विषादी नेपालमा प्रतिवन्ध गरिएको जनाए । उनले उत्पादनमा विषादीको मात्रा मिलाउन नसक्दा र विषादी छरेपछि कति दिनपछि त्यसलाई टिप्ने भन्ने बारेमा कृषकलाई सिकाउनु आवश्य रहेकोमा जोड दिँदै उनले यसको दुरुपयोग घटाउनुपर्ने आवश्यकता औँल्याए ।प्रयोगशालाका निर्देशक नीलकण्ठ पोखरेलले न्यूनतम विषादी प्रयोगबाट उत्पादन वृद्धिका बारेमा खोजीनीति हुनुपर्ने र प्राङ्गारिक मल तथा आईपिएम प्रविधिलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । कारितास नेपालका तेजबहादुर बस्नेतले आफूहरुले उत्पादनमा विषादी मुक्त बनाउने सरकारी अभियानसलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१