इस्लामावाद, २९ पुस । पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता भएका छन् ।
पछिल्लो २४ घण्टामा भएका घटनामा परी उनीहरुको मृत्यु तथा बेपत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका विवरणहरु प्राप्त भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन् । मृत्यु भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिएका छन् । त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत वर्षासम्वन्धी विभिन्न घटनाहरु भएको उनले बताए ।
लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरु मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए । त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको मृत्यु भएको छ । त्यहाँ घरमै हिमपहिरो खसेको थियो । पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१