लमजुङ । लमजुङमा राष्ट्रियस्तरको आलुको बीउ उत्पादन केन्द्र स्थापना गरिन लागेको छ । लमजुङको दोर्दी गाउँपालिका– ८, स्थित पुरानो दुवार गाउँमा चालु आर्थिक वर्ष भित्रै आलुको बीउ उत्पादन केन्द्र राष्ट्रिय स्टोर निर्माण गरिन गालेको हो ।
दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख गोविन्दराज सेढाइँले ३० लाख रुपैयाको लागतमा राष्ट्रिय स्टोर निर्माण हुने भएको बताए । उक्त राष्ट्रिय स्टोरको क्षमता ४० मेट्रिकटन रहने उनको भनाई छ । उनले भने, ‘राष्ट्रिय अनुसन्धान बाल विकास केन्द्र खुमलटार ललितपुरको समन्वय र लुम्ले कृषि केन्द्रको सहयोग र दोर्दी गाउँपालिकाको संयोजनमा राष्ट्रिय स्टोर निर्माण गर्न लागेको हो ।’
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँपालिकाले पुरानो दुवार गाउँ क्षेत्रलाई आलु पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य लिए अनुरुप गाउँपालिकाले सो सम्वन्धी कार्यक्रम समेत गर्दै आएको बताए । उनका अनुसार दुवार गाउँमा आलुको पकेट क्षेत्र बृद्धि गर्नका लागि कृषकका समूह गठन कार्य गरी सकिएको छ । अहिले आलु पकेटका लागि कार्डिनल, डिजिरे लगायतका मुल बीउका साथै परीक्षणका लागि आलुबाली अनुसन्धान कार्यक्रमबाट अन्य बीउ ल्याएर परीक्षण गरिने तयारी गरिएको दोर्दी गाउँपालिकाको कृषि शाखाका प्रमुख सेढाईले जानकारी दिए । उनले भने, ‘यो वर्ष कृषि शाखाले ३ टन र खुमलटारले ३ टन गरी ६ टन आलुको बीउ निःशुल्क उपलब्ध गराएर प्राविधिककै निगरानीमा लगाउने तयारी गरिएको छ ।’ समुद्री सतहदेखि २ हजार मिटर उचाईमा रहने उक्त स्टोर दोर्दी गाउँपालिका र सिङ्गो लमजुङ जिल्लाका लागि आवश्यक पर्ने आलुको बीउ उत्पादन गर्ने लक्ष्यका साथ रष्ट्रिक स्टोर निर्माण गर्न लागिएको सेढाईको भनाई छ ।
यसअघि पनि स्थानीयले पुरानो दुवार क्षेत्रमा आलु खेती गर्दै आएका थिए । चिसो हावापानी, घमाइलो, मलिलो माटो भएकाले पनि पुरानो दुवार क्षेत्रलाई आलु खेतीका लागि राम्रो ठाउँ मानिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१