सन्तोष र अञ्जनको प्रतिबन्ध फुकुवा

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
fukuwa

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिबन्धमा परेका राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ र अन्जन विष्टको कारवाही फुकुवा गरेको छ। सन्तोष र अञ्जनलाई यही हप्तादेखि मैदानमा फुटबल खेलेको देख्न पाइनेछ।

एन्फाको ४५ दिने प्रतिबन्ध बुधबारदेखि सकिने भएकाले उनीहरु यही हप्तादेखि मैदान फर्कने भएका हुन्। प्रतिबन्ध फुकुवा भएसँगै सन्तोषले सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत चौथो चरणको खेलबाट मैदान फर्किए। उनले थ्री–स्टारविरुद्ध मैदान उत्रिएका थिए।

त्रिभुवन आर्मी क्लबका सेन्टर मिडफिल्डर सन्तोष बुधबार थ्री–स्टारविरुद्ध मैदान उत्रिएका थिए। मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर अञ्जन भने शनिबारदेखि खेल्नेछन्। विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा बिताएपछि एन्फाको अनुशासन कमिटीले सन्तोष र अञ्नलाई फुटबलमा ४५ दिने प्रतिबन्ध र ५० हजार जरिबाना गरेको थियो। नाइट क्लबमै समय बिताएका विमल घर्तिमगर र दिनेश राजवंशीलाई भने एन्फाले ५० हजार जरिबानासहित ९० दिनको प्रतिबन्ध लागेको छ। कुवेतविरुद्ध विश्वकप छनोट खेल्न भुटान प्रस्थान गर्नुअघि नेपाली चार जना फुटबलरहरु नाइट क्लबमा गएको पाइएपछि प्रतिबन्धमा परेका थिए। नेपाली टिमका स्ट्राइकर विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले अनुशासनको कारबाही गर्दै प्रतिबन्ध लगाएको थियो। अन्जन र सन्तोषको ४५ दिने प्रतिवन्ध फुकुवा भएको छ भने दिनेश र विमलको भने ९० दिने प्रतिबन्ध बाँकी नै छ।

फुटबलमै फोकस : सन्तोष

प्रतिबन्धपछि फुकुवामा परेर बुधबार थ्रीस्टारविरुद्ध खेलेका सन्तोषले यताउता नहेरी फुटबलमै फोकस गर्न युवा खेलाडीसमक्ष आग्रह गरेका छन्। थ्री–स्टारसँगको खेलपछि पोष्ट अफ म्याच कन्फरेन्समा बोल्दै सन्तोषले आफू एन्फाको प्रतिबन्धपछि धेरै रोएको सुनाए। उनले भने, ‘आफ्नै गल्तीका कारण लिग खेल्न नपाउँदा फुटबललाई मिस गरेको अनुभूति गरें। आफैले आफैलाई गिल्टी फिल गरेर धेरै रोएँ। अब, यताउती नहेरी फुटबलमै फोकस हुनुपर्छ। ’

त्रिभुवन आर्मीका सन्तोष ४५ दिने प्रतिबन्ध फुकुवासँगै वुधबार थ्रीस्टारविरुद्धको खेलमा मैदान प्रवेश गरका थिए। सन्तोषसले जारी सिजिनको पहिलो ए डिभिजन लिग खेल्दै सुखद् सुरुआत पनि गरे। सुरुमै प्लेयिङ सेटमा अँटाएका सन्तोषले पूरै ९० मिनेटको समय मैदानमा बिताए। आर्मीले थ्री–स्टारविरुद्ध २–० को सहज जित निकाल्दा सन्तोषले आफ्नो नाममा १ गोल समेत लेखाउन सफल भए। सन्तोषले ७९ औं मिनेटमा ब्यक्तिगत पहिलो गोल गर्दा आर्मी २–० ले अगाडि थियो।

यसअघि, सन्तोषले १७ औं मिनेटमा थ्री–स्टारको पोस्टमा चार्ज गर्दा डिफेन्डरहरुले किलियर गरेका थिए। बुधबारको थ्री–स्टारविरुद्धको उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष तामाङ ‘केल्मी म्यान अफ द म्याच’ समेत बन्न सफल भए।

Related News

सम्बन्धित समाचार

hero news full width