काठमाडौंको पहिलो जित, पोखराको दोश्रो हार

प्रकाश ढकाल
पौष ३, २०७६
PPL_Fotor

पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणमा काठमाडौं गोल्डेन्स वारियार्सले सान्त्वना जित निकालेको छ । लगातार २ खेलमा पराजित काठमाडौंले बुधबार धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै महत्वपूर्ण २ अंक जोडेको हो ।

हालसम्म सबैभन्दा धेरै ३ खेल खेलका काठमाडौ र डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनले २ मा हार र १ मा जित निकाल्दै समान २ अंक जोडेका छन् । यस्तै, २ खेल खेलेका धनगढी र विराटनगर टाइटन्सले १ खेल जितेर समान २ अंक जोडेका छन् भने मात्र १ खेल खेलेका बुटवल ब्लास्टर्स र साविक उपविजेता चितवन राइनोजले २ अंक नै जोडेका छन् ।

बुधबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीसँगै पहिलो जित दर्ता गरेको हो । ३८ बलको सामना गरेका मल्लले ९ छक्का र ८ चौका हिर्काउँदै १ सय रन जोडे । योसँगै मल्लले सन २०१९ मा मात्रै तेश्रो पटक शतक पूरा गरेका छन् । मौसमको खराबीले २० ओभरको खेल १७ ओभरमा झारिएको थियो । निर्धारित १७ ओभरमा काठमाडौंले ५ विकेट गुमाएर १ सय ८५ रन जोडेको थियो । जयकिसन कल्सवालले ४६ र अमित श्रेष्ठले ३४ रन जोडे । गौरव तोमर र सुवोध भाटी बिनारन पेभेलियन फर्किए । पवन सराफ र आदिल खानले पनि कुनै रन जोड्न सकेनन् । धनगढीका कमलसिंह ऐरी एक्लैले ४ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।

एक सय ८६ रन लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्रै जोड्यो । धनगढीका श्रीमान्था विजेरत्नेले १५ तथा रोड्रिगो थोमसले १० रन बाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका वसन्त रेग्मीले ३ विकेट लिए भने पवन सराफ र सुवोध भाटीले समान २/२ विकेट लिए । काठमाडौंले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो भने धनगढीले विराटनगरलाई पराजित गरेर एउटा जित निकालिसकेको छ ।

यता, विराटनगर टाइटन्सले पोखरा पल्टनलाई लगातार दोश्रो हार चखाएको छ । अघिल्लो खेलमा धनगढीसँग पराजय भोगेको विराटनगरले पोखरासँग त्यसको बदला लिएको हो ।

पूनीत मेहराको उत्कृष्ट ब्याटिङमा विराटनगरले ४५ रनको फराकिलो अन्तरमा पोखरालाई हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रन जोड्यो । मेहराले २६ बलमा ४ छक्का र ५ चौकाको मद्दतले ६१ रन बनाए । सुनिल धमलाले ३६ र मोहम्मद जैद आलमले २६ रनको योगदान गरे । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिए । पोखराका कप्तान शरद भेषवाकरले २ तथा कुशल मल्ल र सर्वजित लड्डाले १/१ विकेट लिए । जवाफमा पोखराले ८ विकेट गुमाउँदै १ सय रनमात्रै जोड्न सक्यो । रोहितकुमार पौडेलले सर्वाधिक ३२ रनको योगदान गरे भने कुशल भूतेर्लले २४ रन तथा आशिफ शेखले १३ रन जोडे । कप्तान भेषवाकर र कुशल मल्ल तथा रविइन्दर सिंह शून्य रनमै पेभेलियन फर्किए । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन ।

विराटनगरका लागि किशोर महतो, जितेन्द्र मुखिया र मुहम्मद जहिद आलमले २/२ विकेट लिँदा साहव आलम, पुनित मेहरा र नोमन खानको नाममा १/१ विकेट रह्यो ।

विहीबार बुटवल ब्लास्टर्स र चितवन राईनोजबीच खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width