१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत आर्चरी प्रतियोगितामा बंगलादेशले स्वर्ण पदकमा एकछत्र राज गरेको छ।
पोखरा रंगशालामा १० स्वर्णका लागि भएको प्रतियोगितामा बंगलादेशले एकल तथा टिमतर्फको इभेण्ट्समा १० वटै स्वर्ण जित्न सफल भएको हो। आर्चरीको प्रमुख दाबेदार भारतको अनुपस्थितिमा बंगलादेशलाई सो अवसर जुरेको हो।
अन्तिम दिन सोमबार रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण जित्यो। कम्पाउण्ड महिला तथा पुरुषतर्फ पनि उसलाई स्वर्ण गयो।
नेपालले साग आर्चरीको इण्डिभिजुअलतर्फ कमजोर देखिए पनि अन्य विधातर्फ १ रजत र २ कास्य सहित कुल ३ पदक जितेको छ। मेन कम्पाउण्ड मिक्स टिमबाट नेपालले पहिलो पटक रजत जितेको हो। सो टिममा सनातन मल्ल र इमायुङ राई थिए। १० सागदेखि सहभागी नेपालले यसपालि आर्चरीमा कुल १ रजत र २ कास्य गरी ३ पदक जितेको हो।
यस्तै, मेन कम्पाउण्डतर्फ नेपालले कास्य हात पारेको छ। श्रीलंकालाई मात्र १ अंकको अन्तरले पराजित गर्दै नेपालले कास्य जितेको हो। टिममा मीनप्रसाद गौचन, सनातन मल्ल र योगेन्द्र शेरचन थिए। वुमन कम्पाउण्डमा नेपालले सिधैँ वाई पाएर शनिबार नै कास्य जितेको हो। नेपाली टिममा मोनिका रानामगर, मञ्जु बजगाई र इमायुङ राई थिए। नेपालसहित बंगलादेश, श्रीलंका र भुटानको सहभागिता रहेको आर्चरीमा नेपाली टिमको लागि समयमै इक्युप्मेन्ट नआउनु दुर्भाग्य भएको सर्वत्र टिप्पणी रह्यो।
सोमबार भएको रिकर्भ पुरुष इभेन्ट्सा बंगलादेशका एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्।
महिलातर्फ बंगलादेशकी उदियमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण जितिन्।
यस्तै, रिकर्भ एकल पुरुषमा श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो। श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेण्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्।
कम्पाउण्ड एकल पुरुषमा बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डिङलाई पराजित गर्दै स्वर्ण जिते। बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य जिते।
सो इभेण्ट्को महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण जितिन्।
बंगलादेशका प्रमुख प्रशिक्षक मार्टिनले सागकै लागि विगत ६ महिनादेखि बन्द प्रशिक्षणमा रही निकै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए। विजेतालाई गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेशकुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ लगायतले पुरस्कार वितरण गरे।
Related News
सम्बन्धित समाचार
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध
महिला खेलाडीबाट बढी स्वर्ण
सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण
पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१