एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
nsl

पोखरा । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढीले तेस्रो जित निकालेको छ। धनगढी पोखरा थन्डर्सलाई १–० गोलले हराउँदै एनएसएलमा तीन खेल जित्ने पहिलो क्लब बनेको हो। साथै यो जितसँगै प्लेअफमा पुग्ने धनगढी पहिलो टोलीसमेत बनेको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पोखराले केही दबाब बनाउँदै पोस्टमा लगातार सुट गरे पनि उसको कुनै प्रहार स्कोरमा बदलिन सकेन। तर पहिलो हाफमा धनगढीले एकमात्र प्रहार गर्न सकेको थियो।

यता पोखराको प्रहार भने कप्तान किरण चेम्जोङले निरन्तर बचाइरहे। तर खेलको दोस्रो हाफमा धनगढीले गोल गरेपछि पोखरा एक गोलले पछि पर्‍यो।

खेलको ६८ औं मिनेटमा दर्शन गुरुङले गोल गरेपछि धनगढीले खेलमा अग्रता बनाएको थियो। दर्शनले डिबक्स बाहिरबाट स्लो बल प्रहार गर्दै बललाई पोस्टको नेट चुमाएका थिए।

धनगढीले सो अग्रता बचाउँदै खेल जितेको थियो। आजको खेलमा पोखराले १७ बल प्रहार गर्दा ९ पटक पोस्टको दिशामा प्रहार गरेको थियो। यो धनगढीको तुलनामा निकै धेरै हो। जबकी धनगढीले मात्र तीन प्रहार गर्दा दुई बल पोस्टतर्फ प्रहार गरेको थियो।

त्यसैमध्येको एक प्रहार गोलमा परिणत भएको हो। र, यो जितसँगै धनगढीले एनएसएलको शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ। उसले १० अंक बनाउँदो दोस्रो स्थानको विराटनगरको सात अंक छ भने तेस्रो स्थानको काठमाडौंको पनि समान ७ अंक छ।

पोखरा भने पाँच अंकका साथ पाँचौ स्थानमा यथावत् छ। त्यस्तै छैटौं स्थानको ललितपुरको तीन अंक छ भने पुछारको चितवनको दुई अंक छ।

Related News

सम्बन्धित समाचार

hero news full width