पोखरा, २ मंसिर । कास्कीमा रहेका १२ वटा विद्यालयको समूह एपेक्सले ४ दिवसीय खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
खेलकुद अन्तरगत मावि तर्फको छात्रा भलिवल मेरिगोल्ड माविमा कात्तिक २९ देखि मंसिर १ गते सम्पन्न गरिएको थियो । उक्त खेलमा धौलागिरि वोडिङ्ग स्कूल प्रथम, मेरिगोल्ड वोडिङ्ग स्कूल द्धितीय, फेवा पब्लिक मावि तृतीय तथा वेष्ट पोइन्ट्र वोडिङ्ग स्कूल सान्त्वना स्थान हासिल गरेका भलिवल संयोजक नवीन बरालले जानकारी दिए ।
यस्तै रेन्वो एकेडेमिक होम्स्को खेलकुद मैदानमा कात्तिक २९ देखि मंसिर २ गते सम्म भएको जुनियर फूटवलमा धौलागिरि वोडिङ्ग स्कूल प्रथम, फेवा पब्लिक मावि दोस्रो, रेन्वो एकेडेमिक होम्स् तृतीय तथा मेरिगोल्ड वोडिङ्ग स्कूलले सान्त्वना स्थान हासिल गरेको फुटवल संयोजक विष्णु जिसीले जानकारी दिए ।
उक्त कार्यक्रमको समापन समारोहमा सबैलाई धन्यबाद दिदै एपेक्सका संयोजक वेदप्रसाद वस्ताकोटीले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा खेलकुदको विकास गर्ने हेतुले यस्तो कार्यक्रम आयोजना गरिएको कुरा व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१