शंकास्पद वस्तुले स्थानीय त्रसित

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७६
20191103_121051

फोटो दामोदर आचार्य /आदर्श समाज

पोखरा, १७ कात्तिक । पोखराको तालचोकमा र विरौटाको सडक छेउमा खतरा लेखेको शंकास्पद बस्तु राखिएपछि स्थानीय आतङ्कित बनेका छन् ।

चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन । विरौटा संचयकोष कार्यालय अगाडि राखिएको उक्त शंकास्पद बस्तु नेपाली सेनाले प्राविधिक टोलीले निस्क्रिय पार्न खोज्दा कपडामा माटो बाधेर राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width