चितवन, ७ कात्तिक । स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि एक जनाको डेङ्गु र एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ । भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१