सवारी तथा यातायातसम्बन्धी विधेयक पास गर्दै गण्डकी प्रदेशको बर्खे अधिवेशन सकिएको छ। गएको वैशाख १५ देखि शुरु अधिवेशन ठ्याक्कै ६ महिना चल्यो।
अधिवेशनमा ६ विधेयक पास भएको छ भने ६ वटै विधेयक पेस भएको छ। विनियोजन विधेयक, आर्थिक विधेयक, लोक सेवा आयोग विधेयक, पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी संशोधित विधेयक, प्रदेश विश्वविद्यालयसम्बन्धी विधेयक र सुशासन प्रत्याभूतिसम्बन्धी विधेयक सदनमा पेस भएको थियो।
सुशासनसम्बन्धी विधेयक बाहेक अरु सबै विधेयक सदनबाट पास भएको छ भने अघिल्लो अधिवेशनमा पेस भएको सवारी तथा यातायात विधेयक पनि पास भएको छ। यो अधिवेशनको ३३ दिनमा ४० वटा बैठक बसेको संसद् सचिवालयका सचिव हरि बास्तोलाले जानकारी दिए। उनका अनुसार सदनमा अब २ वटा मात्रै विधेयक पास हुन बाँकी छ। सुशासन प्रत्याभूति विधेयक र अघिल्लो वर्षको असार १४ गते सदनमा पेस भएको प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक अझै पास भएको छैन।
विपक्षीको अवरोधका कारण प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक विधायन समितिमै थन्किएको कानूनमन्त्री हरिबहादुर चुमानले बताए। ‘हामीले उतिबेलै पास गर्ने गरी विधेयक ल्याएका थियौं। सचिवालयमा प्रतिपक्षी दलका माननीयले आफ्नो पनि उपस्थिति हुनुपर्ने माग राख्नु भयो। अन्त कतै नभएको व्यवस्था यहाँ ल्याउन सकिँदैन भनेर रोकिराखेको हो, ’ उनले भने, ‘यो अधिवेशनमा त्यसलाई फुकाउने कुरा भएको थियो। तर समय नपुगेर राखिएको छ। अर्को अधिवेशनमा ल्याउँला। ’
उनले तत्काल आवश्यक पर्ने ऐन कानून सरकारलाई अभाव नरहेको बताए। ‘अहिले चाहिने र संरचना बनिसकेका ठाउँमा कानून बनाइएका छन्। यही संरचनाका लागि कानून अपुग छैन, ’ उनले अघि थपे, ‘संरचना बनेपछि बाँकी थप्दै जाउँला। संरचना नै नभए कानून बनाएर कार्यान्वयन गर्ने इकाइ पनि रहँदैन नि। ’
सभामुख नेत्रनाथ अधिकारीले सरकारबाट विधेयक आए बैठक बस्न कुनै समस्या नभएको बताए। धेरैपटक विजनेस नभएकै कारण सदन स्थगित गर्नुपरेको भन्दै उनले आगामी अधिवेशनमा त्यस्तो नहुने विश्वास ब्यक्त गरे। प्रदेशसभाबाट हालसम्म ३४ वटा विधेयक पास भएका छन्।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१