तीज मेलामा गण्डकी प्रदेश स्तरीय छेलो

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
chello

पोखरा, ५ भदौ । तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजना एवं इन्द्रेणी एकीकृत विकास केन्द्रको सह—आयोजनामा छेलो प्रतियोगिता हुने भएको छ ।

टुडिखेलमा भदौ १४ गते हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार रुपैयाँ, प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । यस्तै, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद ६ हजार र ३ हजार रुपैयाँ प्रदान गरिने मुल आयोजक समितिकी संयोजक शोभा गौतमले बताइन् ।

“पछिल्लो समय छेलो प्रतियोगिता कम हुँदै गएको छ ।”— भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले भने– छेलो खेलको संरक्षणका लागि भएपनि प्रतियोगिताको आवश्यकता छ ।

प्रतियोगिताका संयोजक खेमबहादुर गुरुङले नेपालीहरुको मौलिक चाड तीजको अवसरमा उक्त प्रतियोगिताले मेला अवलोकन गर्न आउनेलाई उत्साह मिल्ने बताए । खेलकुद विभाग प्रमुख गेहेन्द्रमान श्रेष्ठले छेलोका लागि तालिम र सिकाई आवश्यक हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width