एनओसीको निर्वाचन भदौ २० मा

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
Napal Olympic Committee_Fotor

नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव भदौ २० मा हुने भएको छ। एनओसीको बोर्ड बैठकले मिति तय गर्दै कमिटीले कार्यसमितिमा पनि हेरफेर गरेको छ। यसअघि १७ सदस्यीय समितिको संख्यालाई बढाउँदै १९ सदस्यीय समिति हुने भएको छ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी (एाइओसी) ले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेर एनओसीले नयाँ चुनावको मिति तोकेको हो। बैठकले चुनाव सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ। समितिमा राधिका खतिवडा र भीम थापा छन्।

गोप्यरुपमा गरिएको विशेष साधारणसभाले ५ जना उपाध्यक्ष बनाउने निर्णय गरेको छ। यसअघि, ४ जना उपाध्यक्षको एनओसी थियो। बैठकले ३ जना सचिव थप्ने निर्णय गरेको छ।

यद्यपि, बैठकले सदस्यको संख्या कम गर्ने निर्णय गरेको छ। यसअघि ९ सदस्य हुने गरेकोमा अबदेखि मात्र ७ जना सदस्य हुने निर्णय गरिएको छ।

यसपटकको निर्वाचनले अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सचिव ३ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना गरी १९ जना पदाधिकारी चयन गनेर्छ। बाँकी एक जना मनोनयन गरिनेछ।

यसपटकको चुनावमा अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। अघिल्लो कार्यकालमा पनि जीवनरामसँगै हारेका उमेशलाल फेरि उठ्ने जानकारहरु बताउँछन्।

मताधिकारको अधिकार भएका कुल २७ संघहरु एनओसीमा छन्। जसमा ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, ह्यान्डबल, हक्की, जुडो, ‍र्याफटिङ एन्ड केनोइङ, शुटिङ, फुटबल, कबड्डी, लन टेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, गल्फ र कराते महासंघ छन्।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width