प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखाले संसदीय समितिले माग गरेका कागजपत्र उपलब्ध नगएको भन्दै ती कागज पत्र बुझाउन तेस्रो पटक निर्देशन दिएको छ।
आइतवार बसेको समितिको बैठकले स्वास्थ्य निर्देशनालयले खरिद गरेका स्वास्थ्य उपकरण तथा औषधि खरिदसम्बन्धी कागजात माग गरेकोमा सो विवरण हालसम्म उपलब्ध नगराएको भन्दै पुन ताकेता गर्ने निर्देशन दिने निर्णय गरेको हो।
सामाजिक विकास मन्त्रालय अन्तर्गतकै शिक्षा महाशाखासँग आर्थिक वर्ष २०७५/०७६ मा शिक्षा क्षेत्रमा छुट्टाएको बजेट कार्यान्वयको अवस्था बारेको विवरण माग गरेकोमा त्यससँग सम्बन्धी विवरण पनि हालसम्म उपलब्ध नगराएको भन्दै समितिले त्यस सम्बन्धी कागज पत्र पठाउन पुन ताकेता गर्ने निर्णय भएको समितिका सभापति दीर्घनारायण पाण्डेयले जानकारी दिए।
यस अघि साउन २ गते पहिलो पटक निर्देशन दिएकोमा कागजपत्र नपठाएको भन्दै साउन १६ गते ३ दिन भित्र कागजपत्र पठाउन समितिले निर्देशन दिएको थियो।
समितिका सभापति दीर्घनारायण पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकले समितिबाट भएको अस्पत्तालहरुको अनुगमन प्रतिवेदनसमेत पारित गरेको छ। बैठकमा प्रदेशसभा सदस्यहरु अर्जुनकुमार श्रेष्ठ, बाबुराम गौतम, पुरनमान बज्राचार्य, दीपा बिक, कमला बिक, रीना नेपाल बिकले अनुगमन प्रतिवेदनका विषयमा आ–आफ्नो सुझाव दिएका थिए।
यसैबीच आइतबारै प्रदेश मामिला तथा कानून समिति र अर्थ, उद्योग तथा पर्यटन समितिका बैठकसमेत बसेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश मामिला तथा कानून समितिको बैठकमा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी मनोज कुमार पाण्डेयले जानकारी दिए।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको समेत उपस्थितिमा विधेयकमाथि दफावार छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिका बैठकमा साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल भएको छ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१