१३ औं साग तयारी : काठमाडौं, ललितपुर र पोखरामा २७ खेल

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
saf logo

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको छ। आगामी मंसिर १५ देखि २५ गतेसम्म हुने सागमा २७ खेल समावेश छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेलस्थल टुंगो लगाएको हो।

राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवाल, सागमा समावेश सम्बन्धित खेल संघका पदाधिकारी र राखेपको प्राविधिक टोलीले निरीक्षण गरेपछि खेल खेलिने स्थान पक्का गरिएको राखेपले जनाएको छ। टुंगो लागेको खेलस्थलको निर्माण, मर्मत सम्हार र रंगरोगनका काम धमाधम भइरहेका छन्।

राखेपका सदस्य सचिव सिलवालले भौतिक संरचना र बजेटबिना साग नरोकिने प्रतिबद्धता जनाए। ‘साग अब कुनै पनि हालतमा रोकिन्न। सागका लागि आवश्यक खेल सामग्री र त्यसको खरिद प्रकिया फास्ट ट्रयाकबाट हुने बताइएको छ। आवश्यक बजेटका लागि प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयसँग सबै प्रत्रिया अघि बढाइएको छ, ’ सिलवालले उल्लेख गरे।

सागका अधिकांश खेलहरु काठमाडौं र ललितपुरमा हुनेछन्। महिला फुटबलसहित सात वटा खेलहरु पोखरामा हुनेछन्। ललितपुरको सातदोबाटोको नवनिर्मित भवनमा कराँते र बक्सिङ, तेक्वान्दो एकेडेमी भवनमा तेक्वान्दो र कुस्तीका खेल संचालन हुनेछ। सातदोबाटोमै सुटिङ, पौडी, स्क्वास, टेनिस खेलहरु हुनेछन्। उसु लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछन्।

दशरथ रंगशालामा पुरुष फुटबल र एथलेटिक्सका खेलहरु हुनेछन्। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेल सञ्चालन गरिनेछ। लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबुलटेनिस, मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेट, काठमाडौंको भृकुटीमण्डपमा खोखो र कबड्डीका खेलहरु खेलाउने राखेपले तयारी गरेको छ।

गल्फ पार–७२ को गोकर्ण गल्फ कोर्समा हुनेछ। साइक्लिङ खेल जगडोलको शहीदपार्कमा हुनेछ। फेन्सिङ खेलको स्थल निक्योर्ल हुन बाँकी रहेको राखेपले जनाएको छ। राखेपले इन्डोर गेम्सका कतिपय खेललाई नेपाल पुलिसको निर्माणाधीन कभर्डहल, आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहलमा खेलाउनल सकिने गरी सम्भावित खेलस्थलको रुपमा प्रयोग गर्ने तयारी गरिरहेको जनाएको छ।

यसैगरी, राखेपले पर्यटकीय नगरी पोखरामा सागअन्तर्गत ७ खेल खेलाउने तयारी गरेको छ। पोखरामा रंगशलामा महिला फुटबल हुनेछ। रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल र ह्यान्डबल हुनेछ। पोखरा सभागृहमा भारोत्तोलन, फेवाताल किनारमा ट्रायथलन र प्याराग्लाइडिङका खेलहरु हुनेछन्।

राखेपले दशरथ रंगशालाको मूलगेटलाई मौलिक रुपमा निर्माण गरी गेट वरपर फूलसहितको बगैँचा बनाउने तयारीमा छ। दशरथ रंगशालाको भिआइपी प्यारापिट बाहेक अन्य संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको राखेपले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width