अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमकथा वाचन गरेको फिल्म ‘सानो मन’ ले शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ। प्रदर्शनको पहिलो हप्ता बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसके पनि फिल्मलाई दर्शकबाट निकै राम्रो प्रतिक्रिया मिलेको छ। निर्माण टिम पनि दर्शक प्रतिक्रियाबाट दंग छ। निर्देशक, छायाँकार र कलाकारको कामको दर्शक र फिल्मकर्मी सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन्।
बिहीबार साँझ राजधानीको क्यूज सिनेमा हलमा नेपाली फिल्मका परिचित अनुहारले ‘सानो मन’ हेरेपछि निकै लोभलाग्दो प्रतिक्रिया दिए। फिल्म हेर्न दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, नम्रता श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी, अर्जुन घिमिरे ’पाँडे’, कुमार कट्टेल ’जिग्री’ लगायत पुगेका थिए। फिल्म हेरेपछि अभिनेत्री नम्रताले आयुष्मान र शिल्पाको अभिनयको खुलेरै प्रशंसा गरिन्। उनले फिल्म उत्कृष्ट बनेको बताउँदै दर्शकलाई नछुटाउन आग्रह गरेकी छन्।
‘मलाई फिल्म साह्रै राम्रो लाग्यो। कलाकारको काम उत्कृष्ट छ’, उनले अगाडि भनिन् ‘शिल्पाको यसअघि मैले ‘द ब्रेकअप’ हेरेको थिएँ। त्यसमा पनि उनको काम एकदमै राम्रो थियो। उनको अभिनय नेचुरल लाग्छ। ‘सानो मन’ मा पनि उनले राम्रो काम गरेकी छन्। आयुष्मानको काम पनि गजब छ। ’ उनले आफू फिल्म हेरिरहँदा धेरै ठाउँमा इमोसनल भएको पनि बताइन्। उनको कुरा सुर्ने छेवैमा रहेकी अभिनेत्री शिल्पा निकै खुसी देखिएकी थिइन्।
अभिनेत्री केकी अधिकारीले पनि फिल्म हेर्दा आफू इमोसनल भएको बताइन्। ‘सानो मन’ को तारिफ गर्दै उनी भन्छिन् ‘फिल्ममा कलाकारले जुन प्रकारको अभिनय गरिएको छ, म सरप्राइज नै भएँ। आयुष्मान र शिल्पाबाट मैले त्यो अपेक्षा नै राखेको थिइनँ। नेपाली फिल्म यस्तो भइदियोस् भन्ने दर्शकहरुले जुन अपेक्षा राखेको छ त्यो यो फिल्मले पूरा गर्छ। ’ अभिनेत्री रीमा र निर्देशक विशालले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।
तीनवटा ब्लकबस्टर फिल्म दिएकी निर्देशक दीपाश्रीले ‘सानो मन’ अपेक्षाभन्दा माथिको फिल्म बताइन्। आयुष्मान र शिल्पाको अभिनय देखेर आफूलाई लोभ लागेको उनको भनाई छ। हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले फरक कथामा कलाकारको सुन्दर अभिनय रहेको बताए। उनी आफू फिल्मको अन्तिममा भावुक भएको पनि बताउँछन्। कलाकार दीपकराज गिरीले फिल्ममा आफूलाई कलाकारको अभिनय र छायांकन पक्ष निकै मन परेको बताए।
‘पहिलोभन्दा दोस्रो हाफ बलियो छ। स्क्रिप्टमा केही कमजोरी भएता पनि निर्देशकले निकै मेहनत गरेर फिल्म बनाएका छन्। पछिल्लो समय बनिरहेका ’लाउड’ लभस्टोरी यसमा छैन। एकदम ’सफ्ट’ छ। लभस्टोरी फिल्म मनपर्ने दर्शकलाई ‘सानो मन’ ले निराश बनाउँदैन’, दीपकराजले भने। फिल्मकर्मीको प्रतिक्रियापछि शिल्पा, आयुष्मान, विशाल पहारी र सक्षम सुवेदीले दर्शकलाई फिल्म नछुटाउन आग्रह गरे। आलोक शुक्लाले खिचेको यो फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।
फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ। ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन्। रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन्।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१