पोखरा, साउन ५ । लायन्स क्लव अफ पोखरा आर्दश चौतारीले शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन बर्ष २०१९÷ २० को पहिलो कार्यक्रम अन्तर्गत पश्चिामाञ्चल स्वास्थ विज्ञान प्रतिष्ठानको पश्चिम पट्टिको खुल्ला भागमा विभिन्न जातका करीब ७० थान बिरुवा रोपेको हो भने ट्रि गार्डको व्यवस्था विभिन्न सहयोगी संस्थाहरु बाट सहयोग प्राप्त भएको कार्यक्रमका संयोजक वसन्तराज कोइरालाले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा– ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोला कार्यक्रमको शुभारभ्म गर्दै विरुवा रोप्नु भन्दा नि संरक्षण र सम्बर्धनमा जोड दिनु पर्ने बताए साथै उक्त जग्गालाई लायन्स पार्कका रुपमा परिर्णत गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरे । पश्चिामाञ्चल स्वास्थ प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले वृक्षारोपणले अस्पतालको वातावरणलाई स्वच्छ राख्न सहयोग गर्ने बताउदै क्लबले हेरचाह गर्न समेत आग्रह गरे ।
क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा ३२५ बी वानका क्लस्टर २० का चिफ लायन मदन कुमार मुल्मी, रिजन चिर्यर पर्सन ओम प्रसाद सिग्देल लगायतले शुभकामना मन्तव्य गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मोहन राज पौडेल र सञ्चालन सचिव रुक बहादुर गुरुड्डले र धन्यवाद ज्ञापन संयोजक द्धितीय उपाध्यक्ष वसन्तराज कोइरालाले गरेका थिए ।
सो कार्यक्रममा गीता शान्ति मार्ग महिला समूह, तुलसी मार्ग महिला समूह, जन विकाश आमा समूह, रानीपौवा यूवा क्लव, कम्यूनिटी सर्पोट ग्रुप, अस्पताल प्रहरी बिट लगायतले बृक्षारोपण कार्यक्रममा सहभागी रहेको थियो ।
Related News
सम्बन्धित समाचार
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१