दी आर्ट अफ लिभिङको युवा सम्मेलन

रासस
जेठ १७, २०७६
whatsapp-image-2018-05-29-at-10-23-19_orig

पोखरा, १७ जेठ । दी आर्ट अफ लिभिङको आयोजनामा ‘युथ इन एक्सन’ परियोजनाअन्तर्गत तीनदिने युवा सम्मेलन पोखरामा शुरु भएको छ ।

आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयमा युवाहरुलाई सहजीकरण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा १८ देखि ३५ वर्ष उमेर समूहका एक हजारभन्दा बढी युवाको सहभागिता रहेको कार्यक्रम संयोजक सौमाया गुरुङ भट्टराईले जानकारी दिए ।

बिहानी, दिवा र सन्ध्या तीन चरणमा गरिने कार्यक्रमअन्तर्गत दी आर्ट अफ लिभिङको विश्व प्रसिद्ध ह्याप्पिनेसबाट सहभागीलाई आध्यात्मिकताको परिचय, योग, प्रणायाम र ध्यानका साथै सुदर्शन क्रियाको ज्ञान प्रदान गरिनेछ । दिवा सत्रमा ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ हुनेछ जसमा युवा उद्यमीहरुको सकारात्मक कार्य र सफलताका कथाहरु प्रस्तुत गरी सहभागीहरुलाई उद्यमशीलताका लागि उत्पे्ररित गर्नेछ ।

सन्ध्या सत्रमा सहभागीहरुलाई आ–आफ्ना भौगोलिक र सांस्कृतिक परिचय दिने गीतहरु, नृत्य र झाँकी प्रदर्शन गर्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । सो सत्रको मुख्य उद्देश्य राष्ट्रिय एकता र सद्भावको सन्देशलाई बढावा दिनु रहेको संयोजक भट्टराईले जानकारी दिए।

युथ इन एक्सनको दी आर्ट अफ लिभिङ नेपालका संयोजक एसके सिङले सो सम्मेलनको उद्घाटन गर्दै देश बनाउने नै युवाहरु भएकाले युवालाई शत्मार्गमा लैजान यस्ता कार्यक्रम आवश्यक रहने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width