अभियान भलिबल प्रतियोगिता

उद्घाटन खेलमा लौरुकको जित

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
Abhiyan VolleyBall_Fotor

पोखराको मालेपाटनमा विहीवारदेखि तेस्रो अभियान पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। स्थानीय अभियान युवा क्लबले मालेपाटन खेल मैदानमा आयोजना गरेको हो।

प्रतियोगिता उद्घाटन खेल लौरुक युथ क्लबले जितेको छ। लौरुकले चिल्लीबारलाई २५–१२, १७–२५ र २५–१७ ले जित्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो।

दोस्रो खेलमा वाराही माविले डायमण्ड स्कूललाई २५–१९ र २५–२१ को सोझो सेटमा हरायो। अन्तिम खेलमा जिब्रे ढुङ्गाा क्लबले साइनिङ्ग स्टार स्कुललाई वाकओभर दिएको छ।

पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले प्रतियोगिता उद्घाटन गर्दै वडा जिल्ला हुँदै राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए। खेलले आपसी भाइचाराको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उनको भनाइ थियो। महानगरपालिकाका प्रवक्तासमेत रहेका नेपालीले खेलका लागि आफू निरन्तर सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।

कुल १४ टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार ७ खेल खेलाइने आयोजकले जनाएको छ। विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार पाउनेछ।

त्यस्तैगरी, वेस्ट सेटर, ब्लकर, स्पाइकर, प्लेयर, सर्भरलाई ट्रफी र प्रमाणपत्र दिने आयोजकले बताएको छ। अनुशासित टिमले प्रशंसापत्र पाउने छ।

क्लब अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताका संयोजक धमेर्न्द्रले स्वागत मन्तव्य र सचिव राजु गिरीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width